काठमाडौं । ऐतिहासिक धरहराको पुननिर्मार्णले तिव्रता पाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको छ । जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको जानकारी दिदै सोही तलाबाट नै सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने बताए ।
ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको जानकारी दिए । उनले आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।
२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्णरुपमा क्षति भएको थियो । धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।






sf7df8f}F, ( k’;M
;’Gwf/fl:yt k’gMlgdf{0ffwLg w/x/fsf] @)cf}F tnfaf6 b]lvPsf] sf7df8f}F . t:jL/ Mk|bLk/fh jGt÷/f;;

sf7df8f}F, ( k’;M
;’Gwf/fdf cjl:yt k’gMlgdf{0ffwLg w/x/fsf] @)cf}F tnfaf6 b]lvPsf] sf7df8f}F . t:jL/ Mk|bLk/fh jGt÷/f;;

