सोमबार, कार्तिक ११, २०८२

काठमाडौंमा ‘अरिकल इभेन्ट्स’को सेवा सुरु,उपत्यकाकै उत्कृष्ट ब्यांक्वेट

काठमाडौं । काठमाडौंको महाराजगञ्ज चोकमा नेपालमा पहिलो पटक पाँच तारे स्तरको ‘अरिकल इभेन्ट्स’ ब्यांक्वेट संचालनमा आएको छ ।
फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका इभेन्ट्स्ले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गर्नको लागि अरिकल इभेन्ट्स्मा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवा,मनोरञ्जन वातावरण र आकर्षणले भिजिटरहरु लोभ्याउने गरेको ‘अरिकल इभेन्ट्स्’का सञ्चालक होम बुढाथोकी बताउन भयो ।
अरिकल इभेन्ट्स् काठमाडौँ उपत्यकाकै उत्कृष्ट ब्यांक्वेटको रुपमा देखिएको छ । लोकेसन, डिजाइन सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण अरिकल इभेन्टसले दिने सर्भिस पाँचतारे होटलस्तरको देखिन्छ । इभेन्ट्स् भन्ने बित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ तर, अरिकल इभेन्ट्स्ले दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी इभेन्ट्स तयार गरिएको सञ्चालक बुढाथोकी बताउनु हुन्छ । साथै इभेन्ट्स्ले रेष्टुरेन्ट र कफि शपको पनि सेवा उपलब्ध गराउने बताउनुभयो ।
पर्याप्त पार्किङ सुविधा सहित स्तरिय पाँचतारे होटलमा ख्याति प्राप्त सेफहरुद्धारा तयार पारिएको खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले अरिकल इभेन्ट्स् काठमाडौँको उत्कृष्ट इभेन्ट्स पार्टी प्यालेसको रुपमा प्रस्तुत भएको छ । अरिकल इभेन्ट्स्ले ग्राहकको बजेटअनुसार खानाको मेनु तय गराएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिनेछ । साथै बच्चाका लागि खेल्ने ठाउँसमेत रहेको अरिकल इभेन्ट्स्मा बर्थडे पार्टी, सेमिनार, मिटिङ आदि पनि आयोजना गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी,बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज इभेन्ट्स्मा उपलब्ध छ ।
इभेन्ट्सले स्तरीय र सम्मान सहित ग्राहकलाई सेवा उपलब्ध गराउने गरेको छ ।