सोमबार, कार्तिक ११, २०८२

जनकपुर आइपुग्यो नेपाली रेल,जनकपुर-जयनगर सञ्चालन हुने

जनकपुर । विगत ६ वर्ष देखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेल शुक्रबार दिउँसो डेढ बजे जनकपुर आइपुगेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।
जनकपुर आइपुगेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन आकर्षक ढंगले गरिएको छ । बोगीको भित्री डिजाइन आकर्षक रहेको छ ।
रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियो ।