काठमाडौँ । विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरूको सम्मानमा बिहीबार साँझ राजधानीको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
दीप प्रज्वलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी भएका थिए। कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको छ।


