शनिबार, बैशाख ०८, २०८१

कागजमै सीमित राष्ट्रिय चिया नीति !

राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ ।

चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका छन् ।

नीतिमा लेखिएका चारवटा लक्ष्यमध्ये हालसम्म कुनै बुँदा कार्यान्वयन आएका छैनन् । पाँच वर्षमा कार्यान्वयन हुनुपर्ने नीति २० वर्षमा आइपुग्दासमेत कार्यान्वयन नभएको देखिन्छ । यस्तै, कूल चियाको उत्पादन आगामी १० वर्षमा चार करोड ६१ लाख ११ हजार किलो पु¥याउने लक्ष्य लिएको नीतिले हालसम्म दुई करोड ५२ लाख पाँच हजार ८५८ किलो मात्र चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

दश वर्षमा कार्यान्वयन हुने लक्ष्य पूरा हुन अझै दुई करोड किलो बढी चिया उत्पादन हुन आवश्यक छ । सरकारले चिया नीति जारी गरेपनि कार्यान्वयनमा चासो नदिँदा समस्या आएको उद्योगी व्यवसायीको आरोप छ । हिमालय अर्थोडक्स टी प्रोड्क्सर्स एसोसिएशनका सञ्चालक उदय चापागाईंले चिया नीति शत प्रतिशत कार्यान्वयन नआएको बताए ।

चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु परेको व्यवसायीको बुझाइ छ । यता, उद्योगीले भने यो लक्ष्य समेत कागजमै सीमित भएको आरोप लगाएका छन् । पछिल्लो समय चियामा समेत ‘राजनीतिकरण’ हुँदै गएको र त्यसको मर्का साधारण किसान तथा उद्यमीमा परेको छ ।

सरकारीस्तरबाट बेवास्ता भएको र राजनीतिक पार्टीमा आबद्ध किसान तथा व्यवसायीको मात्र समस्या सुनुवाइ हुने गरेको आरोप उनीहरुको छ । लक्ष्य पूरा नभएको विषयमा साधारण किसान तथा उद्यमी आक्रोशित छन् ।