सोमबार, कार्तिक ११, २०८२

उपत्यकाका सडकमा चहलपहल बढ्दै

काठमाडौं । कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा लम्बिदै जाँदा उल्लंघन गर्नेको संख्या बढेको छ । निधेषाज्ञामा सरकारले तोकेको सेवा र अत्यावश्येक बाहेकका सवारी सञ्चालनका सवारीमात्र सञ्चालन गर्न पाउने भएपछि अन्य निजी सवारी पनि निर्वाध गुडेका छन् ।

सरकारले तोकेभन्दा अन्य क्षेत्रका सवारी साधान सञ्चालन भएपछि ट्राफिक प्रहरीले मंगलबार बिहानै सय भन्दा बढी साधन नियन्त्रणमा लिएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।

उपत्यकामा सीमित समयमा मात्र खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने व्यवस्था छ । त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसोमात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । उपत्यकामा आर्थिक, सामाजिक तथा व्यक्तिगत जीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो बनाउँदै बनाउदै लैजाने तयारी सरकारको छ । उपत्यकामा लगाएको निषेधाज्ञा बुधबार सकिँदै छ ।