शुक्रबार, बैशाख १४, २०८१

रानीपोखरीको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न,कोरोना कहरकाबिच उद्घाटन गर्ने तयारी

काठमाडौं । रानीपोखरी पुनःनिर्माणको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ ।

निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण केही समय ढिला भएपनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दावी छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

प्राधिकरणले मन्दिर पुरानै शैलीमा पुनःनिर्माण गर्ने गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ । पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात ने सं ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो । नेसं ७९० ९वि।सं। १७२७/ई।सं। १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाइएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर,उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।