शुक्रबार, बैशाख ०७, २०८१

उपत्यकामा २२४ सहित ७४३ मा कोरोना संक्रमण, थप ८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा १ सय ७७, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । यो सैगै कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

सोमबार थप १ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८हजा ८ सय पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार २ सय ३४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । आइसोलेसनमा १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।