जापानबाट २५९ जना स्वदेश फर्किए,एनआरएनए जापानको निरन्तर सपोर्ट

टोकियो । नेपालमा रोकिएकाहरुको साधारण भिषा अन्र्तगत एकपटक जापान आईसकेकाहरु छोटो समयमा नेपालमा जाँदा कोरोना भाइरसका कारण हवाई उडान बन्द हुँदा रोकिनपुगेका थिए ।
सुरुमा नेपालले लगाएको उडान प्रतिबन्ध र पछि जापानले लगाएको यात्रा प्रतिबन्धले रोकिएका मध्ये अगष्ट १४ तारिख शुक्रबार १ सय ३९ जना नेपाली जापान आईपुगेका छन् । एउटा उडानमा १ सय ४० यात्रु मात्र उडान भर्न दिने जापानी दूतावासको नियमानुसार सोही संख्यामा टिकट काटेपनि अन्तिम समयमा एक यात्रुको पिसिआर रिपोर्टको तोकिएको मिति गुज्रिएका कारण १३९ यात्रु मात्र जापान आएका हुन् ।
जसमा १ सय ३७ जना वश्यक र २ जना शिशु रहेको नेपाल एयरलाईन्स नारिता बिमानस्थलकी कन्ट्रि म्यानेजर कुमारी गीता चन्दले जानकारी दिनुभयो ।
नेपालबाट यात्रुको चाप धेरै रहेपनी दूतावासको नियमानुसार उडान भर्दा थोरै यात्रुले मात्र यात्रा गर्न पाएको शाहको भनाई छ ।
थप उडानको लागि प्रक्रिया अघि बढेको भएपनि अर्को उडानको मिति निश्चित नभईसकेकाले नेपाल एयरलाईन्स र विभिन्न ट्राभल्स मार्फत बुझ्न समेत शाहले नेपालबाट जापान आउने तयारीमा रहनुभएकाहरुलाई आग्रह गर्नुभयो ।
यसैगरि जापानबाट शुक्रबार नै २ सय ५९ जना यात्रु नेपाल फर्किएका छन् । नेपाल सरकारले भनेको उद्दार अन्र्तगत प्रतियात्रु ९३५ अमेरिकी डलर तिरेर ति यात्रुहरु नेपाल फर्किएका हुन् ।
जानकारी अनुसार जापान स्थित अध्यागमनको निगरानीमा रहेका ४६ जना समेत नेपाल फर्किएका छन् । जापानबाट नेपाल फर्कन लागेका तथा जापान आउँदै गरेका नेपालीहरुलाई सहयोग गर्न गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ लगायत बिमानस्थल पुगेका थिए ।
यसअघि उद्दार उडानकै नाममा यसैगरि शुल्क तिरेर करिव ७ सय नेपाली जापानबाट नेपाल फर्किसकेका छन् ।
नेपालमा भने अझै करिव ५ सयको संख्यामा एकपटक जापान आइसकेर नेपाल गएको समयमा रोकिएकाहरु रहेको अनुमान गरिएको छ ।
पहिलो पटक जापान आउने आशामा रहेकाहरुले अझै केही महिना कुनुपर्ने देखिन्छ । नेपालबाट जापान आउँदा कोरोना संक्रमण नभएको पिसिआर परिक्षण रिपोर्ट बुझाएपनी जापान आईपुगेका नेपालीहरुले अनिवार्य पिसिआर परिक्षण,१४ दिन होम क्वारेन्टाईन बस्नुपर्नेछ ।

जापानबाट विभिन्न समस्यामा परेको नेपालीहरुलाई सहयोग गर्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी,प्रवक्ता सिद्धार्थ…

Gepostet von matrisandesh.com am Donnerstag, 13. August 2020

फेसबुकबाट तपाइको प्रतिक्रिया