बुधबार, बैशाख १२, २०८१

नेपालमा थप ३ सय ३८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लोल २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनो संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा थप ३६ जनामा, ललितपुरमा ४ र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ४ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना छन् । आइसोलेसनमा ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको छ ।

सोमबार थप १ सय ४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।