सुन र चाँदीको भाउमा नयाँ रेकर्ड, सुन प्रतितोला १ लाख ३ हजार ५ सय पुग्यो

काठमाण्डौ । दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले नेपाली बजारमा आज अर्को रेकर्ड बनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एकै दिन हजार रुपैयाँ वृद्धि भएको छ । बिहिबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । .े

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: