शुक्रबार, बैशाख ०७, २०८१

जापानबाट फुटबल एसोसिएसनद्धारा ब्लड क्यान्सर उपचारका लागि सहयोग

टोकियो । नेपाल जापान फुटबल एसोसिएसनद्धारा ब्लड क्यान्सरपीडित ११ वर्षिया बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

मंगलबार एसोसिएसन जापानले ब्लड क्यान्सरका कारण कान्तिबाल अस्पतालमा उपचारार्थ फुटबल खेलाडी तथा प्रशिक्षक नरकुमार राईकी ११ वर्षिया छोरीका कसुमीका लागि नगद एकलाख ५६ हजार नेपाली रुपैया सहयोग हस्तान्तरण गरेको हो।

सशस्त्र प्रहरी क्लका खेलाडी तथा सशस्त्र प्रहरी महिला क्लवका प्रशिक्षक रहेका नरकुमार राईले छोरीको उपचारमा आर्थिक अभाव भएकाले गरेको अनुरोध अनुरुप जापानमा नेपाली फुटबल समर्थक तथा सुभेच्छुकहरुबाट संकलित सो रकम हस्तारण गरेको नेपाल जापान फुटबल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी शिव खडकाले जानकारी दिनुभयो।

हाल किमो थेरापी सकि बोनम्यारो टेस्ट चरणमा रहेकाले आगामी साता थप उपचारका लागि औषधी वा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने बारे चिकित्सकले निधो गर्ने परिवारले जानकारी गराएका छन।

नेपाल जापान फुटबल एसोसिएसनले बिरामी कसुमीको शिध्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।