सुनको भाउ एकै दिन १६ सय वृद्धि,तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुनको मूल्य एक लाख ९ सय रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: