शुक्रबार, बैशाख १४, २०८१

कोरोनाबाट अमेरिकामा १ लाख ५८ हजार बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ९७ हजार १सय ७५ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९९ हजार ३ सयबढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १६ लाख ७२ हजार ६ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका हुन् ।

यस्तै, ६० लाख ७२ हजार ५ सयभन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ६ सय बढीको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ६२ हजार १ सय ७४ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ५८ हजार ९ सयबढीको मृत्यु भएका छन् भने २४ लाख ४६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २७ लाख ५१ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् भने ९४ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १९ लाख १२ हजार ३ सय भन्दाबढी निको भएका छन् । ्

यसैगरी छिमेकी मुलुक भारतमा १८ लाख ५५ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३८ हजार ९ सयबढीको मृत्यु भईसकेको छ भने १२ लाख ३० हजार ४ सय भन्दाबढी निको भएका छन् ।