टोकियोमा सोमवार थप २५८ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज एकैदिन २५८ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज सोमवार अगस्ट ३ तारिख ३ बजेसम्म २५८ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २९२ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसंगै टोकियोमा १३ हजार ७१३ जना संक्रमित पुगेको छ । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ । टोकियो महानगर सरकारले टोकियो शहरका रेष्टुरेण्ट,पसलहरु रातको १० बजे सम्म र धेरै मानिस जम्मा भएर पार्टी नगर्न आग्रह गरेको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले पनी घर बाहिर जादा मास्क लगाएर हिड़न अपिल गरेको छ ।n

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: