ओकिनावा प्रान्तमा आपतकाल घोषणा,अति आवश्यक बाहेक बाहिर ननिस्कन आग्रह

जापान । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि ओकिनावा प्रान्तले आपतकाल घोषणा गरेको छ । प्रान्त गभर्नर डेन्नी तामाकीले ओकिनावा प्रान्तमा अगस्त १ बाट १५ तारिखसम्मका लागि आपतकाल अवस्था घोषणा गरेका हो ।

अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन र अन्य प्रान्तबाट आउनेहरुलाई ओकिनावा यात्रा नगर्नको लागि अनुरोध गरेको छ । साथै ओकिनवाको अधिक संक्रमण देखिएको नाहा शहरमा रहेका रेस्टुरेन्ट व्यवसायीहरुलाई पसलको समय बिहान ५ बजे देखि राती १० बजे सम्ममात्र खोल्नका लागि पनि अनुरोध गरिएको छ । ओकिनवमा हालसम्म ४ सय ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: