टोकियोमा कोरोनाको उच्च जोखिम,आज एकैदिन ४७२ जनामा संक्रमण

जापान । टोकियोमा आज एकैदिन थप ४७२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज शनिवार अगस्ट १ तारिख ३ बजेसम्म ४७२ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो ३६३ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसंगै टोकियोमा १३ हजार १६३ जना संक्रमित पुगेको छ । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया