शुक्रबार, बैशाख १४, २०८१

सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य पनि बढेर ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।