सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन १२ सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलाको १२ सय ४५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया