एनआरएनए कान्तोले विद्यार्थीको पढाई तथा रोजगारीकाबारे सेमिनार गर्ने

टोकियो । कोभिड १९ को प्रभावले जापानमा नेपाली विद्यार्थीको पढाई तथा रोजगारीकाबारे एनआरएनए जापान कान्तोले अनलाईन सेमिनार गर्ने भएको छ । यतिखेर विश्वको अर्थतन्त्रसंगै मानिसहरुको दैनिकी नै लथालिंग भएको छ । यो विकराल समस्याबाट जापान पनि अछुतो रहन सकेन । जसको प्रत्यक् षप्रभाव सबै क्षेत्रमा परिरहेको छ । त्यसमा पनि जापानमा अध्यायन गरि भविष्य खोज्दै गरेका विदेशी विद्यार्थीहरु अझ दोहोरो मारमा परिरहेका छन् , एकातिर काम गुमेकाले अर्थोपार्जन हुनसकेको छैन भने अर्को तर्फ पढाई सकेपछि पनि भने जस्तो काम पाउन सकिरहेका छैनन् । र यहि अवस्था लम्बिए,अझै केहि समय कामको राम्रा अवसरहरु प्राप्त गर्न सजिलो हुनेछैन ।
यसै विच, जापानलाई आफ्नो उच्च अध्यायन क्षेत्र बनाएर जापान आएका नेपाली विध्यार्थीहरूको लागि भाषा अध्ययन सकिए पछि उच्च शिक्षाको लागि आउन सक्ने समस्या , लिनुपर्ने जानकारी र गर्नुपर्ने पूर्वतयारीहरु संगै ,आगामि पढाईलाई कसरी फलदायिक बनाउन सकिन्छ भन्ने विभिन्न विषयहरूमा जानकारी गराउने उदेश्यले एनआरएनए कान्तो क्षेत्रले “TALK SHOW WITH SENPAI “ यानेकि ‘अग्रजहरूसंगको छलफल’नामक अनलाईन सेमिनार आयोजना गर्ने भएको छ ।
कोभिड-१९ संक्रमणको यो विषम परिस्थितिमा पढाईमा ध्यान दिनुपर्ने कुराहरु तथा पढाई सकिए पछि कामको बारे लिनुपर्ने जानकारीहरुबारे उक्त सेमिनारमा अग्रजहरुको अनुभव र ज्ञानलाई प्रत्यक्ष प्रस्तुत गरिने छ । आयोजक संस्था एनआरएनए जापान कान्तो क्षेत्रका सह-सचिव एवं यस सेमिनार संयोजक नेत्र पान्डेयका अनुसार जापानमा अध्यायन गरी,विभिन्न पेशा व्यवसायमा आवद्द रहनुभई सम्बन्धित क्षेत्रमा आफ्नो पहिचान बनाउ सफल व्यक्तित्वहरुले आफ्नो अनुभव तथा ज्ञानको आधारमा मार्गदर्शन गराउनुहुनेछ ।
सो, अनलाईन सेमिनारमा होटल,टुरिजम , खाईगो , बिजनेस ,आईटि , ईन्जिनियर लगायताका जापानमा अधिक अवसर रहेका सबै विषयहरूमा जानकारी लिन सकिने छ ।
कार्यक्रम, आउँदो अगस्ट महिनाको २३ तथा ३० तारिख साझ ७ बजेबाट ८:१५ बजेसम्म आयोजना गरिनेछ । अनलाईन भिडियो कनेफ्रेन्समार्फत गरिने उक्त कार्यक्रमलाई जापानका विभिन्न मिडियाहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिने छ । सेमिनारका वक्ताहरु तथा सहभागी हुने प्रकृयाबारे केहि दिनभित्र आधिकारिक जानकारी प्रस्तुत गरिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया