व्यवसायी संघ जापानद्वारा उप-नियोग प्रमुख अर्यालको विदाई

टोकियो । जापानमा नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ (एनबिए) जापानले नेपाली राजदूतावासका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार टोकियोस्थित गोतान्दाको माया रेष्टुरेण्टमा ४ वर्ष कार्यकाल सकिएर नेपाल फर्कन लाग्नु भएका उप-प्रमुख अर्यालको विदाई गरेको हो ।
रात्रिभोजसहित गरेको विदाई कार्यक्रममा उप-प्रमुख अर्याललाई एनबिए जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय थकालीले खादा अर्पण र मायाको चीनो प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा एनबिएका उपाध्यक्ष संजीब पोखरेलले स्वागत मन्तव्यसहित शुभकामना दिनुभएको थियो । कार्यक्रममा एनबिएका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का,कोषाध्यक्ष नरबहादुर थापा,नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल,एनआरएनए आइसीसी पूर्व सदस्य ओम गुरुङ लगाएतले आगामी दिनको शुभकामनासहित विदाई मन्तव्य राख्नु भएको थियो ।
विदाई कार्यक्रममा उप-प्रमुख अर्यालले ४ वर्षसम्म कामको सिलसिलामा साथ,सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । अर्याल २०१६ जुलाई महिनामा कार्यवाहक राजदूत रूपमा जापान आउनु भएको थियो ।

उक्त विदाई कार्यक्रम संस्थाका सचिव बाबुराम पौडेलले संचालन गर्नु भएको थियो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया