शुक्रबार, बैशाख ०५, २०८२

जापानबाट सुवेदीले १ करोडको अक्षयकोषको स्थापना निःशुल्क भोजन गराउने

टोकियो । दिपवे जापान कम्पनीका सिईओ जापानका सफल ब्यवसायी दिपक सुवेदीले दिपवे फाउण्डेशनमार्फत १ करोडको अक्षयकोषको स्थापना गरी सो कोषबाट दैनिक खानाको लागि “निःशुल्क भोजनालय” व्यवस्था गर्नु भएके छ ।
सुवेदीले दिपवे फाउण्डेशनमार्फत १ करोडको अक्षयकोषको स्थापना गरी सो कोषबाट दैनिक खानाको लागि “निःशुल्क भोजनालय” व्यवस्था गर्नु भएको जानकारी दिनुभएको हो ।
कोरोनाभाइरसको कहरबाट सारा बिश्व नै आक्रान्तित बनिरहेको बेलामा हामी सबैको दैनिक जनजीवन अस्त ब्यस्त हुनुका साथै व्यापार ,व्यवसाय,रोजगार लगायत सबै कुराहरु चौपट नै भएका छन । यसरी दैनिक जिवनमा परेको नकारात्मक प्रभावले गर्दा कतिपयको बिहान बेलुकी छाक टार्न समेत नसकिने डर लाग्दो अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा आफ्नो गाउँ ठाउँमा मैले व्यक्तिगत रूपमा गर्न सक्ने कार्यहरू खोजी गर्दा,काठेखोला गाउँपालिका साबिक बिहुँकोट तथा आसपासमा बसोबास गर्ने जो कोहि पनि भोकभोकै मर्न नपरोस भन्ने उद्धेश्यका साथ रामकोट धाम शिवालयमा दिपवे फाउण्डेशन अन्तर्गत एक करोड नेपाली रुपैया को अक्षयकोषको स्थापना गरी सो कोषबाट दैनिक खानाको लागि “निःशुल्क भोजनालय” व्यवस्था गर्ने निर्णय गरेको सुवेदीले बताउनु भएको छ । साथै यस कार्य बाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा बाग्लुगं जिल्लाकै चर्चित पर्यटकिय तथा पबित्र धार्मिक स्थल “रामकोट धाम”को पर्यटन प्रवर्धनमा पनि बिशेष सहयोग पुग्ने अपेक्षा लिएको सुवेदीको भनाई छ ।