शुक्रबार, बैशाख १४, २०८१

रामेछापमा विदेशबाट आउनेलाई सामुदायिक क्वारेन्टिन र होटल ब्यवस्था

रामेछाप । तेस्रो मुलकबाट जिल्ला आउनेलाई रामेछापको सदरमुकाम मन्थलीका होटलमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको आयोजनामा सरोकारवालासँग भएको बैठकमा तेस्रो मुलुकबाट जिल्ला आउने मानिसलाई जिल्लाको प्रवेश नाका सेलघाटनमा होल्डिङ प्वइन्ट राखि सम्बन्धित पालिकाको सामुदायिक क्वारेन्टिनमा बस्न चाहनेलाई क्वारेन्टिन पठाउने र आफ्नै खर्चमा होटल बस्न चाहनेलाई मन्थलीका होटलमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यसको लागि पाहुना राख्न चाहने होटलसँग सिट क्षमता र दररेट माग गरिएको प्रजिअ शर्माले बताइन् ।