शनिबार, बैशाख ०८, २०८१

बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको पहिलो कोरोना नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित २१ जना आज कोरोनालाई जितेर घर फर्किएका हुन ।

आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र वडा नम्बर ८ का २० जनालाई आज डिष्चार्ज गरिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट ड ।प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।

२४ घण्टाभित्र गरिएको दुई वटा परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि १२ पुरुष र ९ महिलालाई आज फूलमाला र खादा लगाएर बिदाई गरिएको हो । उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगन्ज ८ का अन्य चार जनाको खजुरामै उपचार भइरहेको छ । बाँकेमा पहिलोपटक गत बैशाख १९ गते १ जनामा कोरोना संक्रमण देखिए यता हालसम्म १ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ जनाको क्वारेन्टाइनमा मृत्यु भएको थियो । संक्रमित ७९ जनाको दाङ, नेपालगन्ज, खजुरा र कोहलपुरमा उपचार भइरहेको छ । नेपालमा ७० जना निको भएको घर फर्केक छन्