शुक्रबार, बैशाख १४, २०८१

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल

न्यूयोक । नेपाली मूलका युवा अर्थर गन अर्थात दिवेश पोखरेलले अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन ।

नेअर्थर गनले अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता जित्न सफल भएका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । आज सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।