बुधबार, बैशाख १९, २०८१

बेल्जियमबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धमा कोरोना भाइरस पोजेटिभ

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस कोभिड–१९ संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।

अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए ।