Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ ।

अप्रिल १, २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।  कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया