Nepali date


आइतवार, चैत्र २३, २०७६

एनआरएनए उपाध्यक्ष सोनाम लामाको मुस्ताङको रिसोर्ट छिट्टै सञ्चालनमा आउँदै

मुस्ताङ । गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष सोनाम लामाले नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि मुस्ताङमा नयाँ रिसोर्ट तयार गर्नुभएको छ ।

रिसोर्टको तयार भएसँगै अब चाँडै सञ्चालनमा आउँने जनाएको छ ।  सफल ब्यवसायी तथा समाजसेवी लामाको लगानीमा मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माण गरिएको हो ।

लो मुस्ताङ हिमालयन रिसोर्ट पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेर मात्र नहुने र त्यसका लागि आवश्यक पूर्वाधार र सुविधाको समेत आवश्यकता पर्ने हेतुले निर्माण गरिएको लामाले जानकारी गराउनुभयो ।

मुक्तीनाथ मन्दिर परिसरमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको लामाले लो मुस्ताङ हिमालयन रिसोर्टबाट मुक्तिनाथ मन्दिर र थोराङला पासको आकर्षक दृश्यसँगै निलगिरी र धौलागिरीको दृश्य पनि देख्न सकिन्छ ।

आकर्षक शैलीमा निर्माण भएको यो रिसोर्टले पर्यटकको समेत ध्यान खिच्न थालिसकेको छ । रिसोर्टसँग माउन्टेन क्लाइम्बिङ समेत राख्ने लामाको योजना रहेको छ ।@विश्वसन्देश

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: