शुक्रबार, बैशाख १४, २०८१

गायक सिग्देल र गायिका देबी घर्तीको पन्चेबाजा गित“भिरैको टुनिलाई” सार्वजनिक

जापान । चर्चित सर्जक तथा गायक शिब हमालको लय तथा शब्दमा माधव सिग्देलको पन्चे बाजा भिरैको टुनिलाई बजारमा सार्वजनिक भएको छ ।
माधव सिग्देल र देबी घर्ती मगरको आवाजमा रहेको गीतमा एरेन्ज बिश्वास नेपालले गरेका हुन्.अडियो रेकर्ड मारुनी रेकड़िं स्टुडियोमा गरिएको हो.गाएक माधव सिग्देल र उनकी श्रीमती रोशनी अर्याल भिडियोमा देखिएका छन्,गाएक सिग्देल गत बर्ष बैबाहिक बन्धनमा बाधिएका थिए भिडीयोमा उनको बिबाहको झलक समेत समाबेस गरिएको छ गत बर्ष नै बजारमा ल्याउने भनिएको गीत प्राबिधिक कारणले रोकिएको थियो । भिडियोमा निर्देशन प्रकाश भट्ट को रहेको छ भने छायांकन दुर्गा पौडेल,देबराज आचर्य तथा स्वयम निर्देशक प्रकाश भट्ट ले गरेका छन् सम्पादन बिष्णु शर्माको रहेको भिडियो निर्माण शाही भिजन प्रालिले गरेको हो ।
सिग्देलले आफनै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन् यस अघिपनी सिग्देलको अघिल्लो पन्चे बाजा बिहेमा नौमतीले चर्चा कमाएको थियो ।