काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार आफ्नो ४५औँ दीक्षान्त समारोह गरेको छ । दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनियरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका छन् ।
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीले खुशियाली साटासाट गरेका छन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि विद्यावारिधि उपाधिबाट दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयको ४५औँ दिक्षान्त समारोहबाट आफु दीक्षित भएकामा भण्डारीले खुसी व्यक्त गरे ।
दीक्षान्त समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।

