काठमाडौँ । नेपालमा पहिलो पटक शुरु भएको कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा गणेश राईको प्रस्तुति दमदार रहदै आएको छ ।
नुवाकोटका गणेश राईले कमेडी च्याम्पियनमा धमाका मच्काउदै आएका हुन । राईको प्रस्तुति निकै राम्रो हुँदै आएको छ । उनलाई जजहरुले राम्रो कमेडी गरेको भन्दै तारिफ गरेका छन ।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा नुवाकोट पंचकन्या १ गणेश राई निकै आकर्षक प्रस्तुतीका कारण दर्शकको मन जित्दै अघि बढेका छन् । मुलुकभरमा भएको छनौटबाट १०५ बाट उत्कृष्ट २४ हुदै उत्कृष्ट १५ मा समाबेश हुन सफल राई गत मंगलवार देखी उत्कृष्ट १५ दर्शकको भोटको आधारमा उत्कृष्ट १० प्रतिस्प्रर्धी छनौट गरिनेछ । संघीय राजधानी काठमाडौँमा स्नातकोत्तर अध्ययन सकेका बहुमुखी प्रतिभाका धनी राई कमेडियनको साथमा चित्रकला,डान्स कोरियोग्राफर, डिरेक्टरको रूपमा नि काम गरिरहेक छन ।
नेपालको विभिन्न स्कूल,कलेजको कार्यक्रम महोत्सव र विदेशमा समेत प्रस्तुति गरेका राईले जापानमा केही महिनाअघि नचाए,हँसाए अनि दर्शकमाझ राम्रो छाप राखेर फ़र्केका थिए ।
कमेडी च्याम्पियनमा मनोज गजुरेल,सन्तोष पन्त,ऋचा शर्मा,प्रदीप भट्टराई जज गरिरहनु भएको छ ।

