Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

बृद्धाश्रम निर्माणको लागि एनआरएन कान्साइ जापानद्वारा आर्थिक सहयोग

टोकियो । धुम्बाराही लायन बृद्धाश्रमको लागि एनआरएन कान्साइ जापानले २  लाख ११ हजार रुपैयाँ  सहयोग गरेको छ ।

काठमाडौँको धुम्बाराहीस्थित गरिब तथा असहाय बृदाहरुको लागि निर्माण भइरहेको लायन्स क्लब अफ धुम्बाराहीले एनआरएनएको नबनिर्बाचित पदाधिकारीहरुको सम्मानार्थ राखेको कार्यक्रममा उक्त सहयोग रकम एनआरएन कान्साइका संयोजक कृष्ण गैरे ,कान्साइ ओसाकाबाट प्रतिनिधित्त्व गर्ने आइसिसि सदस्य तुल्सी राम खरेल, निबर्तमान केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत, केन्द्रिय सदस्य महेश कटवाल समाजसेवी राजु गैरे लगायतको रोहबरमा लायन्स अगूवा प्रमुख धनराज भडेल र वहाँको टिमलाई हस्तान्तरण गरिएको थियो ।

लायन्स तथा निबर्तमान आइसिसि सदस्य टंक गैरे, लायन्स तथा एसिया प्यासिफिक नवनिर्बचित संयोजक गोबिन्द श्रेष्ठ,एनआरएनए उपाध्यक्ष मन केसी लगायत बिभिन्न देश का नवनिर्बचित पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । एनआरएन कान्साइको सहयोगमा थप सहयोग गर्दै कान्साइ ओसाकाबाट प्रतिनिधित्व  गर्ने आइसिसि सदस्य तुल्सी राम खरेलले १ लाख १ हजार  सहयोगको घोषणा गर्नुभएको थियो ।

कान्साइबासी नेपालीहरुको पसिनाको कमाइबाट जोगाउदै सहयोग रकमको उचित सदुपयोग हुँदै निर्धारित समय भित्रै बृद्दाआश्रम सम्पन्न गर्न एनआरएन कान्साइका संयोजक कृष्ण गैरेले सबैलाई एक जुट हुन आग्रह गर्दै यस अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया