मङ्गलबार, कार्तिक १३, २०८१

अर्घाखाँची समाज जापानद्वारा जिल्ला अस्पताल अर्घाखाँचीलाई सहयोग

टोकियो । अर्घाखाँची समाज जापानद्वारा अर्घाखाँची अस्पताल सन्धिखर्कलाई बिहिबार एक कार्यक्रमका बिच बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलसिलामा जापानमा बस्ने अर्घाखाँची बासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानको बिशेष पहलमा अस्पताललाई करीब २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

अस्पतालामा आबश्यक पर्ने सेमिडिलक्स बेड ६ थान, बेड साईड लकर ६ थान, थ्री सिटर चेयर ४ थान र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर १ थान लगाएत का सामाग्रीहरु समाजका उपाध्यक्ष कृष्ण केसीले अस्पतालका प्रमुख डा जगनाथ तिवारीलाई हस्तातन्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष केसीले स्वास्थ्य र शिक्षा जनताको पहीलो आबस्यकता भएको भन्दै स्वास्थ्य र शिक्षा बिना बिकास सम्भब नभएको बताउनु भयो ।

अस्पतालका प्रमुख डा तिबारीले समाजले गरेको उल्लेखनिय कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुभयो ।