शुक्रबार, चैत १६, २०८०

नेपाली समाज जापानको अध्यक्षमा सरिता ढकाल घोषणा

जापान । नेपाली संघीय समाज र अन्तराष्ट्रिय नेपाली समाज जापानबिच एकता घोषणा कार्यक्रम गर्दै सरिता ढकालको अध्यक्षतामा १२१ जनाको कमिटी घोषणा गरेको छ ।

घोषणा कार्यक्रम अक्टुबर २० तारिखका दिन टोक्यो स्थित एक नेपाली रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।  नेपाली समाज र परम्परामा महिलालाई बिभिन्न बहानामा पछि पार्ने पुरुषवादी सोचलाइ चिर्दै नेपाली समाज जापानले प्रथम महिला नेतृत्व चयन गर्न सफल भएको बताइएको छ ।

कार्य समितिको अध्यक्षमा सरिता ढकालसहित,सह(अध्यक्ष स्(पेम्बा शेर्पा,बरिष्ठ उपाध्यक्ष हरिचन्द्र लामा,उपाध्यक्षहरुमा  सन्जिब राइ,लक्ष्मीहाङ आङ्बो लिम्बू,सविन श्रेष्ठ,प्रकाश केसी,डि बि बिश्वकर्मा,दिया शाह त्यस्तै महासचिव शिशिर निङ्लेकु लिम्बू,उपमहासचिव मोती गुरुङ,सचिवहरुमा  गाल्भु शेर्पा, प्रकाश घिसिङ,कविता मगर,धुर्व सुबेदी,सुनिल देवकोटा,ॠषिराम ढकाल ,कोशाध्यक्ष हरेन्द्र नाल्बो लिम्बू,सह कोसाध्यक्ष शुशिला भट्ट र प्रवक्ता मुगाधन राई चयन भएका छन् ।

सदस्यहरुमा नेपाली संघीय समाजबाट ५५ जना र अन्तराष्ट्रिय  नेपाली समाजबाट ४६ जना गरी कुल १२१ जनाको नेपाली समाज जापान समिति घोषणा भएको छ ।  नेपाली संघीय समाज जापानको सल्लाहकारहरु र अन्तराष्ट्रिय नेपाली समाज जापानको सल्लाहकारहरु सबै नेपाली समाज जापानको सल्लाहकारको रुपमा रहने सहमति समेत भएको छ ।

उता तत्कालीन अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्नाले एक पत्रकार सम्मेलनको आयोजना गरी यो एकतामा अन्तराष्ट्रिय नेपाली समाज जापानको तर्फबाट संलग्न नभएकोले एकता नभइ नेफेसो जापानको पुनर्गठन भएको बताउनुभएको छ ।

नेफेसो जापानले भने सहमतिपत्रमा दुवै तर्फको हस्ताक्षरसहित सर्वसम्मत कमिटी निर्माण भएकोले बताइएको छ ।