जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०१९-०२१ कार्यकालको लागि किरण विक्रम थापाले उपाध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गर्नु भएका छन् ।
एनआरएनएको एशिया क्षेत्रीय संयोजक(आरसी ) मा सफलता हात पार्नु भएका समाजसेवी थापाले एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो ।
जापानमा सफल ब्यवसायी किरण विक्रम थापा वर्तमान आरसी भएर सबैको मन जित्न सफल हुनु भएका छन् । काठमाडौं जिल्लामा जन्मिएका थापा कर्ममा निरन्तरता र काममा दृढता साथ गर्ने थापा सबैसंग मिलनसार छन् । जापानमा एक्सपोर्ट,इम्पोर्ट,रेष्टुरेन्ट,ह्याण्डिक्राफ्ट लगायतको ब्यबसाय गर्दै आउनु भएका थापाले नेपालमा स्कूल, हाइड्रो, इन्सुरेन्स,बैंक लगायतको क्षेत्रमा लगानी गरेको बताउनु भएक छन् ।
२००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य हुँदै २००७-०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-०१३ एशिया प्रसान्त क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म दुइ-दुइ कार्यकाल सोहि क्षेत्रको क्षेत्रीय संयोजक रहेर काम गर्नु भएका हुन ।
आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, एनआरएनकाृ धेरै जसो कार्यक्रममा सहभागि रहदै आउनु भएका आरसी थापालाई संस्थालाई कसरी चलाउने विषयमा राम्रो अनुभव पनि छ ।
आरसी रहदा थनपनको फिलिपिन्समा क्षेत्रीय सम्मेलन,बालीमा बिजनेश सम्मेलन,जापानमा ६० औं कुटनैतिक सबन्धको उपलक्ष्यमा बिशेष कार्यक्रम,मलासिया,हङकङ र म्यान्मारमा क्षेत्रीय बैठकहरु सफल पूर्वक सम्पन्न गर्नु भएको छ ।
यस पटक भने आरसी थापाले विश्वमा रहनु भएका सबै एनआरएनए अभियन्ताहरुलाई आफुँलाई मत दिएर विजयी गराउन अपिल गर्नु भएको छ ।

