टोकियो । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट प्रकृया प्राविधिक कारणले अझै ढिला हुने भएको छ ।
इच्छुक पंजीकृत सदस्य हरुलाई राष्ट्रिय समन्वय परिषद जापानले यही महिनाको २७ तारीख प्रतिनिधिको लागि आवहान गरेको थियो ।
एनआरएनए जापानद्वारा जारी विज्ञप्तीका अनुसार,इच्छुक सदस्यहरुबाट प्रक्रिया पुरागरी तोकिएको शुल्क पनी परिषदको खातामा जम्मा भैसकेतापनी जम्मा भएको रकमको विवरण बैंकको प्राबिधिक कारणले पासबुकमा पनि नआएको र बैकंले पनी उक्त विवरणको लागि हप्ता समय लाग्ने जानकारी दिएकोले परिषदको पुर्व निर्णय अनुसार प्रतिनिधिको छनौट प्रक्रिया ( First come first served ) अनुसार अझै हुन नसकेको बताईएको छ ।
एनआरएनए जापानले,सम्पूर्ण सदस्यहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । साथै आईतबार , एनआरएनए एशीया प्यासिफिक संयोजक किरण बिक्रम थापा , आइसीसी सदस्य कपिल देव थापा ,सदस्य महेश श्रेष्ठ र नव निर्वाचित सदस्य डण्डपाणी कंडेलको उपस्थितिमा बसेको सचिवालयको बिशेष बैठकले पनि बैंकको विवरण छिटो प्राप्त गर्न सकिने उपाए खोज्ने नभए उक्त विवरण प्राप्त नहुने बेला सम्म पर्खिनु बाहेक अन्य विकल्प नभएको निर्णय गरेको उल्लेख गरिएको छ ।
विवरण प्राप्ति पश्चात छिट्टैनै प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिहरुको नामावली प्रकाशित गरिने बताईएको छ ।

