अमेरिका गैरआवासीय नेपाली संघ (एनआरएनए)को अक्टुवरमा हुने ९औं अधिवेशन तथा विश्व सम्मेलनमा सोनाम लामाले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने भएका छन् ।
लामाले उम्मेद्वारी घोषणाको तयारी गर्दै गरेको र अब छिट्टै औपचारिक रुपमा उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने जानकारी दिएका छन् । सोनाम लामा एनआरएनए अमेरिकाज क्षेत्रका पुर्व क्षेत्रिय संयोजक,एनआरएनए आइसीसी मात्र होइन एनसीसी अमेरिकाको इतिहासमा पनि सोनाम लामाको योगदान अतुलनिय छ ।
एनआरएनएका मुख्य प्रोजेक्टहरु लाप्राक प्रोजेक्ट,संघको मुख्यालय क्यम्पास र अन्य परियोजनाहरुमा समेत सकृय थिए लामा । अमेरिकाको एनसीसीमा निर्वाचन गराएर प्रजातान्त्रिक नेतृत्व बनाउन पहल गर्ने मध्येका एक सोनाम लामा हुन् ।
संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी भएका लामा अमेरिकाको न्यूयोर्क र नेपाल दुवै देशका सफल ब्यबसायी पनि हुन् । एनआरएनए अभियानका एक अभिन्न पात्र र कुशल अभियन्ता हुन् ।
लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरेका छन्। त्यो सुन्दर मुर्ती निर्माण सम्पन्न पश्चात गैरआवासीय नेपाली संघको नाममा हस्तन्तरण गर्ने योजना छ।

