बुधबार, बैशाख २३, २०८३

जनजाति महासंघ केन्द्रको हस्तक्षेप, गुरुङ समाजलाई आधिकारिकता दिन परिपत्र

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रले नेफिन जापानको विवादलाई सीधा हस्तक्षेप गरेको छ ।
जापानको नेपाल आदिवासी जनजाति महासंघमा गुरुङ समुदायको २ संस्थालाई मिलाउन अन्तिम प्रयास पनी विफल भएपश्चात् केन्द्रले गुरुङ समाज जापानलाई आधिकारिकता दिन परिपत्र गरेको छ ।
नेफिन जापानमा गत मार्च २९ को संघीय परिषद्को बैठकले गुरुङको दुई संस्था तमु धीं जापान र गुरुङ समाज जापान विवाद नमिले पश्चात् २ महिना भित्र एक भएर आउन अन्तिम अवसर दिएको थियो ।

गत २४ मे २०२५ मा सम्पन्न नेफिन जापानको अधिवेशन तथा निर्वाचन प्रक्रियामा नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आधिकारिक अन्तर्राष्ट्रिय शाखा गुरुङ समाज जापानले उम्मेदवारी सहित सहभागिता जनाएपछि जापानस्थित गुरुङ समुदायका दुई संस्था (तमु धी जापान र गुरुङ समाज जापान बीच उत्पन्न विवादका कारण नेफिन जापानमा पर्न गएको प्रभावप्रति हामी गम्भीर रूपमा सचेत तया चिन्तित समेत नेपाल आदिवासी जनजाति महासंघले गरेको छ ।

गुरुङ समुदायको संस्थापक सदस्यका रूपमा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नेपालस्थित गुरुङ समुदायको प्रतिनिधित्व गर्ने आधिकारिक राष्ट्रिय जातीय संगठनका रूपमा महासंघमा आवद्ध रहेको र परिषदको विधान २०६५ को दफा २ (च) बमोजिम मिति २०८१ जेठ २ गते गुरुङ समाज जापान उक्त परिषदमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय शाखा सदस्यका रूपमा आवद्ध भएको र नियमावली २०८० को नियम २ को उपनियम (१७) अनुसार प्रमाणपत्र समेत प्राप्त गरिसकेको हुँदा जापानस्थित गुरुङ समाज जापान नै परिषदको आधिकारिक अन्तर्राष्ट्रिय शाखा सदस्य रहेको कुरा नेपालस्थित गुरुङ समुदायको प्रतिनिधित्व गर्ने आधिकारिक राष्ट्रिय जातीय संगठन तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदबाट पुनः पुष्टि गरिएको यहाँ उल्लेख गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ प्रवास संगठनको नियमावली २०७९ को दफा ४ (क) अनुसार विदेशस्थित महासंघहरूको हकमा नेपालमा महासंघमा आवद्ध अनुसूची-७ मा उल्लेखित जातीय सदस्य संगठनलाई मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिकता प्रदान गरेको विदेशस्थित जातीय संगठनलाई सम्बन्धित देशको महासंघमा आवद्धताका लागि योग्य मानिने व्यवस्था स्पष्ट पारेको छ।
उक्त प्रावधान कार्यान्वयन हुँदा महासंघको आन्तरिक संगठन व्यवस्थापनमा एकरूपता तथा स्पष्टता कायम हुने विश्वास ब्यक्त गरेको केन्द्रीय महासचिव मिलन सारू मगरले परिपत्र गरेको पत्रमा उल्लेख गरेको छ ।

अब के गर्छ जापान नेफिन ?
जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रले नेफिन जापानको विवादलाई सीधा हस्तक्षेप गरेपछी जापान नेफिनको सचिवालयले के निर्णय भन्ने बारेमा कुनै आधिकारिक धारणा लिएको छैन ।
जापानको नेपाल आदिवासी जनजाति महासंघमा गुरुङ समुदायको २ संस्थालाई मिलाउन नेफिन जापानको गत मार्च २९ को संघीय परिषद्को बैठकले दुई संस्था तमु धीं जापान र गुरुङ समाज जापान २ महिना भित्र एक भएर आउन अन्तिम अवसर दिएको थियो ।
गत २४ मे २०२५ मा सम्पन्न नेफिन जापानको अधिवेशन तथा निर्वाचन प्रक्रियामा नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आधिकारिक अन्तर्राष्ट्रिय शाखा गुरुङ समाज जापानले उम्मेदवारी सहित सहभागिता जनाए पनी जापानस्थित गुरुङ समुदायका दुई संस्था (तमु धी जापान र गुरुङ समाज जापान बीच उत्पन्न विवादका कारण नेफिन जापानमा गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङको प्रस्ताबमा तमु धीं जापानका पूर्व अध्यक्ष श्री गुरुङ नेफिनको अध्यक्ष भएका थिए ।
अहिले नेफिन जापानमा २ तमु संस्थालाई बाहिर राखेर थकाली समाजका बुद्धि गौचनलाई काब अध्यक्ष तोकेको छ भने केन्द्रको परिपत्रले की दुई गुरुङ संस्था मिलेर नेतृत्व लिने वा बाहिर रहने निर्णय हुन बाँकी छ ।

यसमा तपाईको प्रतिक्रिया