जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानमा गुरुङ समुदायको २ संस्थालाई मिलाउने अन्तिम प्रयास पनी विफल भएको छ । टोकियोमा मार्च २९ तारिख गत आइतवारको दिन संघीय परिषद्को बैठकले गुरुङको दुई संस्था तमु धीं जापान र गुरुङ समाज जापान विवाद नमिले पश्चात् २ महिना भित्र एक भएर आउन अन्तिम अवसर दिएको छ ।
जापानमा महासंघमा आवद्द एकल जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि र कार्यसमिति, सल्लाहकार समेतको बैठकले महाधिवेशनको ३ बुँदे सहमति समेत खारेज गरेको छ ।
उक्त बैठकले जनजाति महासंघ जापानको कार्यवाहक अध्यक्षमा बुद्धी गौचनलाई चयन गरेको छ । तमुधीं र गुरुङ समाज जापान एकताको लागी तमुधी जापानलाई नेफिनबाट बाहिर रहने निर्णय गरेकोले अध्यक्ष श्री गुरुङलाई समेत सोहि समयसम्म हटाएको हो।
नेपालबाट ल्याएको पत्रलाई मान्यता नदिने
नेफिन जापानका महासचिव बालबिक्रम टिगेला लिम्बूका अनुसार जनजाति महासंघ जापानको संघीय परिषदको बैठकले मार्च २९ तारिखको निर्णय अनुसार मे ३१ तारिख़ आईतबार सम्म (तमुधीं र गुरुङ समाज ) एकताको लागी तमुधी जापान नेफिनबाट बाहिर रहने निर्णय सर्वसहमतीका साथ पारित गरिएको र एकता नभए स्वत तमुधीं जापान नै नेफिन जापानको संघीय परिषद सदस्य संस्था रहने जानकारी दिनु भएको छ ।
शाखाको बैठकले गुरुङ समाजले नेपालबाट ल्याएको आधिकारिक पत्रलाई मान्यता नदिने निर्णय समेत गरेको महासचिव टिगेलाले जानकारी दिनु भएको छ।
गुरुङ समाज जापानले गर्यों असहमति
नेफिन जापानको संघीय परिषद्को बैठकले गत महाधिवेशनको ३ बुँदे सहमति र २ महिनाको संस्थागत कारबाहीको निर्णय गुरुङ समाज जापानले असहमति गरेको छ।
टोकियोमा नेफिन जापानको संघीय परिषद् बैठकले गत मे २४ तारिख सम्पन्न भएको १९औं महाधिवेशनको ३ बुँदे सहमतिको मर्म र भावाना विपरित बैठकले उक्त सहमति खारेज गर्नु भनेको नै हास्यपद र सामान्य रुपमा संस्थागत मर्यादा र निति विपरीत भएको गुरुङ समाजको ठहर रहेको भन्दै पूर्ण रूप असहमति जनाएको छ।
नेपालमा नेफिन नेपालको संस्थापक मातृसंस्था तमू हयूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नेपालको तर्फबाट गुरुङ समाज जापानले प्राप्त गरेको सम्बन्धनलाई मान्यता नदिने निर्णय झनै आपतिजनक रहेको र नेपाल आदिवासी जनजाति महासंघको प्रवास सगंठनको नियमावली २०७९ को दफा ४ को उपदफा क मा विदेश स्थित महासंघहरुको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आवद्ध अनुसुची ७ मा उल्लेखित जातिय सगंठनहरु मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिक्ता प्रदान गरेको जातिय सदस्य सगंठनलाई विदेश स्थित नेपाल आदिवासी जनजाति महासंघमा आवद्धताको लागी योग्य मानिनेछ भन्ने व्यवस्था समेत रहेको अवस्थामा तमू ह्युल छोंज धिं गुरुङ परिषद, नेपालको आधिकारिक जापान शाखा गुरुङ समाज जापान भएकोले नेफिन जापानको नियमित र स्वत आबद्द संस्था हुन् पाउने अधिकारलाई बैठकले गुरुङ समाज जापानलाई नेफिन जापानबाट बाहिर राख्ने उद्देश्य मात्र रहेको देखिएको हुदाँ गुरुङ समाज जापानको पूर्ण असहमति रहेको एक विज्ञप्तिबाट जानकारी गराएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ आफ्नो विधि र विधान अनुसार सांगठानिक कार्य सम्पादन गर्दै उद्देश्य प्राप्ति गर्ने विशाल संगठन भएको हुँदा त्यस अनुसार आफ्नो कर्तव्य पुरा गर्नेमा गुरुङ समाज जापानले पूर्ण विश्वास लिएको गुरुङ समाज जापान अध्यक्ष युवराज गुरुङले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ।

