टोकियो । जापानको राजधानी टोकियोमा सडकको जेब्रामा द्रुत गतिमा आएको कारको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
पोखराबाट अध्ययनको लागि २०२३ को जुलाईमा जापान आएकी प्रीति सुनारको मृत्यु भएको छ ।
टोकियोको काचुशिका सिटीको कामेअरीको एक सडकको जेब्रा क्रासिंगमा डिसेम्बर २८ को राति १०:२५ मा द्रुत गतिमा आएको कारले ठक्कर दिदा सुनारको दुर्घटनाबाट अस्पताल पुर्याउदा मृत्यु भएको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिए ।
टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत मृतक सुनारको पार्थिव शरीर अस्पतालमा रहेको र नयाँ वर्षको लामो बिदाको कारण अन्य काम गर्न कामेअरि प्रहरीले जानकारी दिएको छ।
नेपालबाट मृतक सुनारकी परिवारले जापानबाट पार्थिव शरीर नेपाल लिउन साथ, सहयोग गर्न अपील गरेका छन ।

