शुक्रबार, फागुन ०१, २०८२

पार्टी विभाजनतिर नजाओस् भन्ने हो भने महाधिवेशनबारे केन्द्रीय समिति बैठकबाटै निर्णय गरौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन गर्ने विषयलाई लिएर विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको भन्दै कोइरालाले हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको बताए । उनले यसबारे केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताए।

उनले भने, ‘केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीँबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो । ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं।’