शुक्रबार, कार्तिक २९, २०८२

जापानले नेपालका ग्रामीण क्षेत्रका नगरपालिकालाई १२ वटा दमकल हस्तान्तरण

काठमाडौं । जापान सरकारले नेपालका ग्रामीण क्षेत्रका १२ नगरपालिका लागि १२ वटा दमकल अर्थात फायर इन्जिन हस्तान्तरण गरेको छ।
मधेश, बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका १२ वटा नगरपालिकामा प्रयोगमा ल्याइने गरी हस्तांतरण गरेको हो
हस्तान्तरण समारोहमा जापानका राजदूत माएदा तोरुले यो परियोजनाले नेपालका स्थानीय समुदायहरूमा आपतकालीन उद्धार क्षमता सुदृढ गर्ने विश्वास व्यक्त गरे। यो परियोजना भोलिन्टियर कोर्प्स नेपाल र युनाइटेड मिशन टु नेपालमार्फत कार्यान्वयन गरिएको हो। जापान सरकारले यसका लागि ५,४१,६४९ अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।

सन् १९९१ देखि सुरु गरिएको कार्यक्रमअन्तर्गत नेपालमा हालसम्म २०० भन्दा बढी परियोजना कार्यान्वयन भइसकेका छन्।