शनिबार, असोज २५, २०८२

माइतीघरबाट पक्राउ परेका डा. निकोलसले गाँजा सेवन गरेको खुलासा

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ ।
प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध गाँजा सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । उनले भने, ‘हामीले सुधार केन्द्र पठाएका छौं ।’ निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको एसपी भट्टराईले बताए ।

उनीसहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया