काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षसँग भर्चुअल छलफल गरेका छन् ।
जेन-जी आन्दोलनपश्चात जेनजी आन्दोलनपछि नेकपा एमालेको नेतृत्व छाड्न केही नेताले दबाब दिइरहेका बेला ओलीले यो छलफल गरेका हुन् । सोमबार भएको भर्चुअल बैठक झण्डै साढे २ घण्टा चलेको थियो । ओलीले त्यो दिन अधिकांश समय भर्चुअल बैठकमा सहभागीका कुरा सुनेका थिए ।
सोक्रममा उनले आफूले सक्रियता, इमान र विचारले कहिल्य पनि पार्टीको शिर निहुरिन नदिने प्रष्ट पारेका छन् ।
एक जिल्ला अध्यक्षका अनुसार ओलीले अहिलेको परिस्थितिमा आफूले नेतृत्व नछाड्ने बताएका छन् । ओलीले भने, ‘जबसम्म म सक्छु, नसक्ने भएपछि छोड्दिन्छु ।