सोमबार, कार्तिक ११, २०८२

जापानबाट साकागुचीसहित तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं । नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। सन् २०२४ को चिकित्सातर्फको शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो।

उनीहरूमध्ये मरी ई। ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् ।

उनीहरूलाई शरीरको रक्षा प्रणाली ९इम्युन सिस्टम० लाई अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने खोजका लागि यो पुरस्कार दिइएको हो। ब्रन्को सिस्टम्स बायोलोजी इन्स्टिच्युट, सिएटल अमेरिकाकी हुन् भने फ्रेड राम्सडेल सोनामा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्कोका हुन् ।

त्यस्तै, शिमोन साकागुची ओसाका विश्वविद्यालय, ओसाका, जापानसँग आबद्ध छन् ।

उनीहरूलाई ‘पेरिफेरल इम्युन टोलेरेन्स’ मा महत्वपूर्ण अनुसन्धानका लागि यस वर्षको चिकित्सातर्फ नोबेल पुरस्कार प्रदान गरिएको हो। उनीहरूको अनुसन्धानले प्रतिरोधात्मक प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने पत्ता लगाएका हुन्।

प्रतिरोधात्मक प्रणालीले हाम्रो शरीरमा प्रवेश गर्ने प्रयास गरिरहेका हजारौं विभिन्न सूक्ष्मजीवहरूबाट बताउँछ । वैज्ञानिकत्रयले फरक(फरक रूप र भेष बदल्न सक्ने एवं मानव कोषिका जस्तै हुने सुक्ष्मजीवबाट जोगाउन प्रतिरोधात्मक प्रणालीले कसरी निर्णय गर्छन् भन्ने विषयमा खोज गरेका हुन् ।

उनीहरूले प्रतिरोधात्मक प्रणालीका सुरक्षा गार्डहरू अर्थात् नियामक टी कोषिकालाई पहिचान गरेका हुन् । यसले प्रतिरोधी कोषहरूलाई हाम्रो आफ्नै शरीरमाथि आक्रमण गर्नबाट रोक्छन्।

नोबेल समितिका अध्यक्ष ओले केम्पेका अनुसार, उनीहरूको खोजले हाम्रो प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ र किन हामी सबैलाई गम्भीर अटोइम्युन रोगहरू लाग्दैनन् भन्ने कुरा बुझ्न महत्व