बिहिबार, फागुन २८, २०८२

जेनजी प्रदर्शनमा घाईते थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ७५ पुग्यो

काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा मृत्यु भएको हो ।

४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता  विनोद घिमिरेले  बताए ।

प्रदर्शनकारीले भदौ २४ मा रुङ्गाटाको घरमा आगजनी गरेका थिए । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको डीआईजी घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् ।