काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा। संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, उनी ‘विवादित पात्र’ भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
आइतबार प्रधानमन्त्री कार्कीले डा मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।
मन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा। मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरु छन् ।

