काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक अघिल्लो मन्त्रिपरिषद्मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन ।
आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ ।
सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

