बुधबार, बैशाख ०२, २०८३

जेन-जीको प्रदर्शनमा परेर चार जना पत्रकार घाइते

काठमाडौँ । जेन-जीको प्रदर्शनमा परेर चार जना पत्रकार घाइते भएका छन् । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते भएका हुन् । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको घाइते भएको महासंघले जनाएको छ ।
प्रहरीले प्रहार गरेको गोलीको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।