बिहिबार, चैत १५, २०८०

समाचार प्रभाव : बेपत्ता मिलन पुनको परिवार दूतावास जापानको सम्पर्कमा

http://japanremit.com/
टोकियो । मानव कंकालसहित बेपत्ता मिलन पुनको परिचय खुल्ने कार्ड भेटेको समाचार सार्वजनिक भएपछी आफन्त सम्पर्कमा आएका छन ।
जापानको चिवास्थित एक पहाडको जंगलमा मिलन पुन नामको परिचय खुल्ने जाईंयु कार्ड र बीमा कार्ड सहित मानव कंकाल गत हप्ता जापान प्रहरीले भेटिएको थियो ।
जापानस्थित चिबा प्रान्तको कातोरी प्रहरीले ३ वर्ष अघि बेपत्ता भएका मिलन पुनको मानव अवशेष भेंटेपछी उक्त कंकाल बेपत्ता
मिलनको हुन सक्ने अनुमान गरेको थियो ।
बेपत्ता पुन २०१४ जुन महीनाको १६ तारीख़ प्रशिक्षण भिसामा जापान आइ तीन वर्षअघि बेपत्ता भएका भनि उनका आफन्तले जापान प्रहरी चिवामा उजुरी दिएको थियो ।
३५ वर्षीय बेपत्ता पुन ठेगाना बाग्लुङ ढोरपाटनस्थित अधिकारी चौर रहेको खुल्न आएको छ ।

मानव कंकालसहित मिलन पुनको परिचय खुल्ने कार्ड भेटिएको कातोरी प्रहरीले नेपाली राजदूतावास जापानलाई जानकारी गराएको थियो ।
उक्त मानव कंकाल बेपत्ता मिलन पुनको हो वा होईन भन्ने वारे पत्ता नलागे पनी मिलनको जापानको रूम पार्टनरको माध्यमबाट उनको परिवारसंग शुक्रवार सम्पर्क भएको नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।

उक्त कंकाल मिलन पुन कै हो वा होईन आफन्त सम्पर्कमा आएपनी पुनको दाँईं क़तार र परिवार नेपालमा भएकोले जापान प्रहरीसंग समन्वय गरेर सत्यतथ्य सार्वजनिक गरिने नेपाली दूतावास जापानका उप-नियोग प्रमुख अर्यालले बताउनु भयो ।
स्मरण रहोस गत बुधबार मातृ सन्देश डट कम लगाएत जापानको अनलाईनहरूमा जापानमा बेपत्ता मिलन पुन नामको कार्डसहित मानव कंकाल भेटियो,आफन्तलाई सम्पर्कमा आउनु दूतावासको आग्रह भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।